प्रिय विद्यार्थीहरू, अभिभावकज्यूहरू तथा सम्मानित समुदायका सदस्यहरू, हाम्रो विद्यालयले शिक्षा मात्र होइन, शिष्टाचार, अनुशासन र मानवता पनि सिकाउने ठाउँ हो भन्ने कुरामा हामी दृढ छौं। हाम्रो उद्देश्य प्रत्येक विद्यार्थीको भित्री क्षमता उजागर गरी उनीहरूलाई जिम्मेवार, सृजनशील र आत्मनिर्भर नागरिक बनाउन हो। हामी विश्वास गर्छौं कि शिक्षा भनेको जीवनका सबै पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउने माध्यम हो। त्यसैले विद्यालयले निरन्तर रूपमा गुणस्तरीय शिक्षण–अधिगम, सह–शैक्षिक गतिविधि र चरित्र विकासमा जोड दिइरहेको छ। हजुरहरूले विद्यालयप्रतिको विश्वास, समर्थन र सहकार्यलाई हामीले सदैव कदर गर्नेछौं। आगामी दिनहरूमा अझ प्रभावकारी र प्रेरणादायी शैक्षिक वातावरण निर्माण गर्न हामी सबैको साझा प्रतिबद्धता रहोस् भन्ने अपेक्षा गर्दछु।
|
सुचना। सुचना ।। कर्महावा विद्यालय 2025-11-13 16:28:23 |
|
बनभोज कार्यक्रम तथा पठनपाठन बन्द रहने कर्महावा विद्यालय 2025-11-27 10:05:04 |
|
विदा सम्बन्धि सुचना कर्महावा विद्यालय 2025-12-03 14:09:43 |
|
विहानी कक्षा बन्द रहने सम्बन्धमा कर्महावा मा.वि. 2026-01-12 12:06:47 |
सबै सूचना हेर्नुहोस् |
|---|